काठमाडौं, असाेज ५ गते ।
जेनजी आन्दोलनमा घाइते भएका सहभागीहरूले आइतबार सिंहदरबार गेट अगाडि नै धर्ना दिए।
प्रधानमन्त्रीलाई आफ्ना मागहरू पेश गर्ने उद्देश्यले उनीहरू सिंहदरबार छिर्न खोजेका थिए। तर, सुरक्षा घेराबन्दीका कारण प्रवेश रोकिन्छ भनेर जानकारी दिइएपछि उनीहरूले गेटमै बस्ने निर्णय गरेका हुन्।

धर्नामा बसेकाहरूले उपचार र न्यायका मागलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोश प्रकट गरे। उनीहरूले सरकारप्रति दवाव सिर्जना गर्न आन्दोलनलाई निरन्तरता दिने चेतावनी पनि दिए ।



