https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चितवन, असाेज ५ गते ।

लगातार वर्षासँगै आएको पहिरोले अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्डमा रोकिएका यात्रुहरूलाई नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायले खाजा र पानी वितरण गरेका छन्।

जिल्ला सुरक्षा समिति चितवनको समन्वय र स्थानीय व्यवसायीहरूको सहयोगमा यात्रुहरूलाई खाना–पानीको व्यवस्था गरिएको हो। लामो समयसम्म बाटोमै रोकिएका यात्रुलाई तत्काल राहत स्वरूप यो पहल गरिएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि सयौं सवारी साधन बीचमै अड्किएका थिए। यात्रुको पीडा कम गर्न प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र बल र स्थानीय स्वयंसेवकहरू सक्रिय देखिएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकारीले भने, “यात्रुहरूलाई कुनै पनि अवस्थामामा असहज हुन नदिन हामी निरन्तर खटिरहेका छौं। सडक खुल्ने कार्यसँगै आवागमन सहज पार्न प्रयास भइरहेको छ।”

सडक खण्डमा लगातार खसेका ढुंगा–माटो पन्छाउने कार्य जारी छ। प्रहरी प्रशासनले यात्रुहरूलाई आवश्यकताअनुसार थप सहयोग उपलब्ध गराइने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार