https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, असोज ५ गते ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले वरिष्ठ खेल पत्रकार मनोरञ्जन शर्माको निधनप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ।

शर्माको ५३ वर्षको उमेरमा शनिबार भैरहवामा क्यान्सरबाट उपचारको क्रममा निधन भएको हो। तीन दशकभन्दा बढी समयदेखि खेल पत्रकारितामा सक्रिय शर्मा आफ्नो सरल व्यक्तित्व र पेशागत निष्ठाका कारण सबैको मनमा बस्न सफल रहे।

उनको अन्त्येष्टि आइतबार पाल्पाको रामदीमा सम्पन्न भयो। शर्माले एसियाली खेलकुद, साग र थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा समाचार संकलन गर्दै नेपाली खेल पत्रकारितालाई उच्च स्तरमा पुर्‍याएका थिए।

मञ्चले शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवार—श्रीमती, एक छोरा र एक छोरी—प्रति गहिरो समवेदना व्यक्त गरेको छ। शर्मा नेपाली खेल पत्रकारिताका लागि सधैं सम्झनालायक नाम रहिरहने छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार