https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गौशाला, असोज ६ गते ।
महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशालामा घटस्थापनाको अवसर पारेर सोमबार भव्य कलश यात्रा निकालिएको छ। नेपालीहरूको महान पर्व वडादशैं सुरु हुने दिन घटस्थापनासँगै आयोजना गरिएको यस कलश यात्रामा पाँच हजार एक सय कुमारी कन्या सहभागी भएको दुर्गा पूजा मेला समिति अध्यक्ष उपेन्द्र साह (हलुवाइ) ले जानकारी दिए।

भजन–कीर्तन, बाजागाजा र भक्तिमय वातावरणमा सम्पन्न कलश यात्राले गौशालालाई धार्मिक र सांस्कृतिक रौनकले भरिपूर्ण बनाएको थियो। नवदुर्गाको जयघोष गर्दै मडाहा नदीबाट पवित्र जल ल्याई कुमारी कन्याले बजार क्षेत्रमा परिक्रमा गरेका थिए। यस यात्रामा धर्मपरायण नरनारी, व्यापारी, पेसाकर्मी लगायत हजारौँ भक्तजनको सहभागिताले पर्वको गरिमा बढाएको आयोजक समितिले जनाएको छ।

मालश्री धुन, दुर्गा सप्तशतीको गुञ्जन र लोकलयमा गाएका भजन–कीर्तनसहित स्थानीय वेशभूषामा सजिएका भक्तजनको उपस्थितिले गौशाला भक्तिनगरमा परिणत भएको थियो। यस पर्वमा परम्पराअनुसार दुर्गा, काली, सात सहेली र गणेशको मूर्तिलाई पूजाआजा गर्ने चलन छ।

सबैभन्दा लामो धार्मिक मेला

कलश यात्रा र शैलपुत्रीको पूजासँगै गौशालामा १५ दिने दुर्गा मेला पनि सुरु भएको छ। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने यो मेला जिल्लाकै सबैभन्दा लामो धार्मिक उत्सव मानिन्छ।

यस्तै, गौशाला बजारकै निगौल चोकमा लाग्ने दुर्गा मेलाका लागि दुई हजार एक सय कुमारी कन्याद्वारा निगौल ठाकुर पोखरीबाट जल बोकेर कलश स्थापना गरिएको दुर्गा पूजा मेला समिति निगौल चोकका अध्यक्ष राजकिशोर मण्डलले जानकारी दिए। कलश स्थापनापछि नवरात्रको प्रथम शक्तिस्वरूपिणी शैलपुत्रीको वैदिक परम्पराअनुसार पूजा अर्चना गरिएको थियो।

जिल्लाकै औरहीस्थित सोनामाईस्थान, बर्दिबासको पञ्चधुरा माईस्थान, जलेश्वरको राजदेवी र मटिहानीको शक्तिपीठमा समेत सोमबार बिहानैदेखि कलश यात्रा तथा शैलपुत्रीको पूजाअर्चना गरिएको थियो। ती धार्मिक स्थलमा दर्शनार्थीहरूको ठूलो भीड लागेको स्थानीयहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार