https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चितवन, असोज ७ गते ।
नारायणगढ–मुग्लिन सडक खण्डमा आज आएको ठूलो पहिरोका कारण सो सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक तत्काल खुल्ने सम्भावना नभएकाले उक्त सडक प्रयोग गर्ने सर्वसाधारण, यातायात व्यवसायी, संघ–संस्थाहरू तथा यात्रुहरूलाई जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले वैकल्पिक मार्गका रूपमा तनहुँ जिल्लाबाट दमौली–मुग्लिन, मकवानपुर जिल्लाबाट हेटौँडा–भरतपुर हुँदै तथा रुपन्देही, नवलपरासी हुँदै बुटवल–नारायणगढ–मुग्लिन मार्गको प्रयोग गर्न सकिने जनाएको छ । साथै, यात्रु तथा सवारी चालकलाई सडकमा अनावश्यक भीडभाड नगरी वैकल्पिक मार्ग रोज्न र सडक सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

सडक बन्दका कारण आकस्मिक रूपमा यात्रा गर्नुपर्ने यात्रुलाई असुविधा नहोस् भन्नका लागि आवश्यक समन्वय भइरहेको चितवन प्रशासनले जनाएको छ । यात्रुलाई असुविधा कम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी पौषराज अर्यालले जारी गरेको सूचनामा यात्रुहरूले अनावश्यक मोटर यात्रा नगरी, सुरक्षित रहन, बढी भीडभाड नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ ।

सडक आवागमनसम्बन्धी थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी तथा सडक डिभिजन भरतपुरका सूचना अधिकारीलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार