काठमाडौं : प्रसिद्ध ज्योतिषगुरु डा. बिबेक पाण्डेयले आजका लागि १२ राशिको भविष्यवाणी सार्वजनिक गर्नुभएको छ। जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी अनुसार आजका लागि ग्रहस्थितिले यसरी प्रभाव पार्ने देखिन्छः
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा नाफा हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट उन्नति हुनेछ। परोपकारी संस्थामा नाम प्रशंसा हुने दिन छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – स्वास्थ्य राम्रो रहनेछ। ईमान्दारीपूर्वक गरिएको प्रयत्नले लक्ष्य भेटिनेछ। सम्पत्ति आर्जन हुनेछ। पढाइमा सफलता हात लाग्नेछ। माया–प्रेममा नजिकिन मद्दत गर्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – नयाँ ठाउँ भ्रमण गर्ने अवसर मिल्नेछ। पुराना साथी भेटिनेछन्। स्वास्थ्य क्षेत्रमा गरिएको लगानी लाभदायी हुनेछ। अध्ययनमा उत्साहजनक नतिजा आउनेछ तर परिवारमा सामान्य मनमुटाव देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – झुटा आरोप लाग्ने सम्भावना छ। राजनीतिमा विवाद आउन सक्छ। सामाजिक क्षेत्रमा लगानी नगर्नु उचित हुन्छ। परिवारको साथ र सहयोग पाइनेछ। प्रेमसम्बन्ध मधुरो हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – रोकिएका काम बन्नेछन्। समाजमा प्रतिष्ठा बढ्नेछ। निर्णय क्षमतामा कमजोरी देखिए पनि शिक्षा र राजनीतिक भेटघाटमा सफलता मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – व्यापारमा लाभ हुने दिन हो। अध्ययनमा राम्रो सफलता मिल्नेछ। तर चञ्चलताले मानसिक शान्ति हराउन सक्छ। परिवारसँग रमाइलो समय बित्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – बोलीको प्रभावले काम सफल हुनेछ। समाजसेवा र परोपकारमा रुचि बढ्नेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरिएको लगानी लाभदायी हुने दिन हो।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मन उदास बन्नेछ। कार्यमा अवरोध आउन सक्छ। धार्मिक कार्यमा संलग्न हुँदा मन शान्त हुनेछ। कठिन परिस्थितिमा परिवारको साथ पाइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – साथीहरूको साथले समय रमाइलो हुनेछ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। अध्ययनमा सफलता मिल्नेछ। तर परिवारको संवेदनशील विषयमा असावधानीले विवाद ल्याउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – उठ्नुपर्ने धन उठ्नेछ। परिश्रमको राम्रो फल प्राप्त हुनेछ। मानसिक शान्ति पाइनेछ। पुराना साथी–मित्रसँग आकस्मिक भेट हुनसक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – थोरै बोल्नु बुद्धिमानी हुनेछ। झुटा आरोपको जोखिम छ। मन अशान्त हुँदा धार्मिक कार्यमा लाग्दा फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आम्दानीभन्दा खर्च कम हुने भएकाले लगानीका अवसर खोज्न सकिनेछ। राजनीति गर्नेहरूले राज्यबाट सुविधा पाउन सक्छन्। शिक्षा क्षेत्रमा राम्रो नतिजा आउने दिन हो।

