https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


पवन प्रसाद साह
बिरगंज, असाेज ११ गते ।
मधेशी आयोग ज्वागल, ललितपुरको आयोजनामा र राष्ट्रमार्ग राष्ट्रिय साप्ताहिक पत्रिकाको सहकार्यमा बडा दशैं–२०८२ को अवसरमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम परवानिपुर गाउँपालिका–४ का वडा अध्यक्ष गमभिरा पटेलकाे अध्यक्षता तथा मधेशी आयोगकी सदस्य रेणु साह प्रमुख अतिथिमा सम्पन्नभएको थियो ।

प्रमुख अतिथि साहले विजयादशमीले नेपाली समाजमा सद्भाव, सहिष्णुता र आपसी एकताको भावना जागृत गर्ने बताउँदै, सबै समुदायबीच पारस्परिक विश्वास र सहअस्तित्व बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले पर्वहरूले दिने सकारात्मक सन्देशलाई आत्मसात गर्दै राष्ट्रको समृद्धि र प्रगतिमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।


त्यसैगरी अध्यक्ष पटेलले दशैंले आपसी भ्रातृत्व र मेलमिलापलाई मजबुत बनाउन भूमिका खेल्ने उल्लेख गर्दै, राष्ट्रमार्ग राष्ट्रिय साप्ताहिकले विगतदेखि समाजलाई सूचना, चेतना र सकारात्मक सन्देश दिन निरन्तर योगदान गरिरहेको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा पत्रकार, लेखक, सामाजिक अभियन्ता र विभिन्न पेशामा संलग्न व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा उपस्थित अतिथिहरूले आपसमा शुभकामना आदान–प्रदान गर्दै बडा दशैंले नेपाली समाजलाई नयाँ उमङ्ग र उत्साह दिने अपेक्षा व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा परवानिपुर गाउँपालिकाका पूर्व गाविस उपप्रधानपंच सोनालाल साह, अधिवक्ता राजेन्द्र सहनी, ने.रा.प्रा.वि. परवानिपुरका शिक्षक मदन पटेल, सञ्चारकर्मी पवन प्रसाद साह, जय यादव लगायतका व्यक्तिहरूले बडा दशैंको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन राष्ट्रमार्ग राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रकाशक तथा सम्पादक रामविनय साहले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार