https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
महाेत्तरी, असाेज ११ गते ।
गौशाला नगर अस्पताल र इलाका प्रहरी कार्यालय गौशालाको समन्वयमा सामूहिक स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । आज बिहान ८ः३० बजेदेखि दिउँसो १२ः०० बजेसम्म आयोजित कार्यक्रम नगर अस्पतालका इन्चार्ज डा. अमरेश महतोको नेतृत्वमा सम्पन्न गरिएको हो ।


शिविरमा सात जना स्वास्थ्यकर्मीहरूको टोलीले आवश्यक सामग्री सहित इलाका प्रहरी कार्यालयमा उपस्थित भई परीक्षण गरेका थिए । कार्यक्रममा कार्यालयमा कार्यरत ५६ जना प्रहरी कर्मचारी तथा हिरासत कक्षमा रहेका ६ जना थुनुवा गरी कुल ६२ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका इन्चार्ज डा. महताेले बताइएको छ ।


शिविरमा प्रहरीहरुको सुगर, तौल, शरीरको तन्दुरुस्ती लगायतका आधारभूत स्वास्थ्य जाँच गरिनुका साथै रगत र पिसावका नमुना संकलन गरिएको अस्पतालका इन्चार्ज डा. अमरेशकुमार महतोले बताए । उनका अनुसार रिपोर्ट आएपछि प्रहरीको स्वास्थ्यबारे थप विस्तृत विवरण प्राप्त हुनेछ ।


ईलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश लामाले प्रहरीको स्वास्थ्यप्रति दीर्घकालीन सोचसहित कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार