https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


महोत्तरी, असोज ११ गते ।
महोत्तरीको औरही गाउँपालिकास्थित राधा कृष्ण पार्टी पैलेशमा वडा दशैँ, तिहार (दिपावली) र छठपर्व–२०८२ को अवसरमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिहान आयोजित कार्यक्रममा स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा युवा–विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. यादवले हिन्दू धर्मावलम्बीहरूको महान् चाडहरूमध्ये दशैँ, तिहार र छठपर्वले पारिवारिक एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको सन्देश दिने बताए । उनले सांस्कृतिक पर्वहरूले मात्र होइन, समाजलाई एकताबद्ध बनाउन र विकासको मार्गमा अघि बढ्न उत्प्रेरणा दिने भूमिका पनि निर्वाह गर्ने उल्लेख गरे ।

त्यसैगरी प्रदेशसभा सदस्य साहले पर्वहरूलाई भव्य र अनुशासित ढंगले मनाउन सबैमा आग्रह गर्दै स्थानीय स्तरमा देखिएको सामाजिक सद्भावलाई अझ मजबुत बनाउनुपर्ने बताए । प्रदेश कमिटी सदस्य यादवले राजनीतिक स्थिरता, विकास र सामाजिक सद्भावमा सबैको साझा सहयोग अपरिहार्य भएको टिप्पणी गरे ।

शुभकामना आदान–प्रदान कार्यक्रमका क्रममा वक्ताहरूले पर्वहरूले ल्याउने सकारात्मक ऊर्जालाई समाज रुपान्तरणमा प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले धार्मिक, सांस्कृतिक र सामाजिक पर्वलाई केवल औपचारिकतामा सीमित नगरी एक–अर्कामा सहयोग, सहकार्य र सद्भाव बढाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी अतिथि तथा स्थानीयबासीले एक–अर्कालाई शुभकामना आदान–प्रदान गर्दै आगामी दिनहरूमा शान्ति, समृद्धि र सामाजिक एकताको कामना गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका कार्यकारिणी सदस्य तथा पूर्व राज्यमन्त्री डा. सुरेन्द्र यादव रहेका थिए । त्यस्तै, विशिष्ट अतिथि प्रदेशसभा सदस्य माननीय भरत प्रसाद साह, जसपा नेपाल प्रदेश कमिटी सदस्य राजनारायण यादवसहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार