https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं : विभिन्न राशिअनुसार आजको दिन कसरी बित्नेछ भन्ने बारेको जानकारी यहाँ प्रस्तुत गरिएको छ । स्वास्थ्य, धन, सम्बन्ध र पेशा–व्यवसायका हिसाबले आजको दिन फरक–फरक प्रभाव पार्नेछ ।

मेष
स्वास्थ्य राम्रो रहनेछ । सुरु गरेका काम सहजै पूरा हुनेछन् । लाभका नयाँ स्रोत भेटिनेछन् । पारिवारिक सहयोग पाइने भएकाले समयलाई भरपूर सदुपयोग गर्नु उपयुक्त हुनेछ ।

बृष
स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना छ, विशेष गरी पेटसम्बन्धी । खानपानमा सचेत रहनुपर्छ । पूर्वतर्फको यात्रामा सावधानी अपनाउनु राम्रो हुन्छ । गरेका प्रयास व्यर्थ हुनसक्ने देखिन्छ ।

मिथुन
आर्थिक लाभ, यश–कीर्ति र सम्मान प्राप्त हुने दिन हुनेछ । टाढाबाट धन लाभ हुने योग छ । आफन्तको आगमनले घरमा चहलपहल बढाउनेछ । आत्मबलका साथ अघि बढ्दा सफलता हात पर्नेछ ।

कर्कट
एक्कासी धन लाभ हुने सम्भावना छ । मान–सम्मान र सामाजिक प्रतिष्ठा बढ्नेछ । जमिन वा सम्पत्ति सम्बन्धी फाइदा मिल्ने योग छ । आफन्तसँग भेटघाट हुने भएकाले दिन हर्षमय बन्नेछ ।

सिंह
यात्रामा समस्या आउन सक्छ । खानपिनमा अव्यवस्था हुँदा स्वास्थ्यमा समस्या देखापर्न सक्छ । कम्मर दुख्ने वा अन्य रोगले सताउन सक्छ । आर्थिक पक्ष पनि कमजोर बन्ने सम्भावना छ ।

कन्या
स्वास्थ्यमा कमजोरी आउन सक्छ । आफ्नै वरिपरिको सहयोगमा कमी देखिनेछ । अपरिचित व्यक्तिबाट समस्या आउने सम्भावना छ । सावधानी अपनाउनु आवश्यक छ ।

तुला
आजको दिन शुभ रहनेछ । रोकिएका काम पूरा हुनेछन् । अरूसँग पैसा फिर्ता लिनुपर्ने भए सफल हुने सम्भावना छ । पारिवारिक सहयोग पाइनेछ ।

वृश्चिक
आफन्त वा साथीभाइबाटै समस्या आउन सक्छ । मानसिक अशान्ति बढ्नेछ । सोचेका काममा बाधा आउने सम्भावना छ । दिनलाई शान्तिपूर्ण ढंगले बिताउन सक्नु हितकर हुनेछ ।

धनु
एक्कासी आम्दानी बढ्नेछ । जमिन वा सम्पत्ति खरिदका लागि शुभ दिन छ । पुराना साथी वा मान्यजनसँगको भेट लाभदायी हुनेछ । जे–जे काम सुरु गर्नुहुन्छ, परिणाम सकारात्मक आउनेछ ।

मकर
आजको दिन केही चुनौतीपूर्ण रहनेछ । खानपानमा अव्यवस्था, विवाद वा घरमा अप्रिय घटना हुने सम्भावना छ । चोरी वा आगलागीको खतरा देखिन्छ । मानसिक तनावले स्वास्थ्यमा असर पार्न सक्छ ।

कुम्भ
लाभका अवसर भेटिनेछन् । उठ्न बाँकी रकम उठ्ने सम्भावना छ । यश–प्रतिष्ठा बढ्ने काममा सहभागी हुन पाइनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

मीन
काममा ढिलासुस्ती हुनेछ । महिलासँग विवाद वा झगडा पर्न सक्ने सम्भावना छ । शिरमा चोट लाग्ने सम्भावना देखिन्छ । यद्यपि, स्वास्थ्य सामान्य रहनेछ ।

राशिफल जे जस्तो भए पनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार