https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, असाेज १२ गते ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) रामगोपालपुर नगर समितिद्वारा आयोजित बडा दशैंको शुभकामना आदान–प्रदान कार्यक्रम तथा नगरस्तरीय विस्तारित बैठक रामगोपालपुर नगरपालिका स्थित सामुदायिक भवनमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्व राज्यमन्त्री डा. सुरेन्द्र यादवले सम्बोधन गर्दै जसपा नेपालको ऐतिहासिक भूमिका र योगदानबारे प्रकाश पारे । उनले भने, “देशमा धेरै राजनीतिक दल भए पनि मधेसी, मुस्लिम, दलित, जनजाति लगायत वञ्चित र पछाडि परेका वर्गहरूको आवाज बुलन्द गर्ने पार्टी जसपा नेपाल हो । संघीयता ल्याउनेदेखि समावेशी आयोगहरूको स्थापना गराउनसम्म यस पार्टीको अग्रणी भूमिका छ । अझै बाँकी अधिकार प्राप्त नभएसम्म हाम्रो संघर्ष निरन्तर रहनेछ ।”

विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य राजनारायण यादवले मधेसी जनअधिकार फोरमको उदय र त्यसले ल्याएको राजनीतिक परिवर्तनबारे चर्चा गर्दै जसपा नेपालको भूमिका निर्णायक रहेको बताए । उनले संघीयता, समावेशीकरण र सामाजिक न्यायका माग जसपा नेपालकै आन्दोलनको उपज भएको उल्लेख गरे ।



जिल्ला अध्यक्ष राम नरेश यादवले जसपा नेपालले मधेसका अधिकारका लागि जेलनेलदेखि आन्दोलनसम्म निरन्तर नेतृत्व गर्दै आएको बताए । उनले भने, “संघीयता ल्याउने पार्टी जसपा नेपाल नै हो, र बाँकी अधिकार प्राप्त नभएसम्म पनि संघर्षमै उभिरहने दल यही हो ।” उनले सरकारले ल्याएको विवादास्पद भूमि विधेयक रोक्न जसपा नेपालको निर्णायक भूमिका रहेको स्मरण गराए ।



नगर संयोजक विजयकुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरस्तरीय पदाधिकारी, टोल समितिका प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार