काठमाडौं, असाेज १३ गते ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
माया बढ्ने देखिन्छ। अचानक प्रेम प्रस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षामा राम्रा सम्भावना देखिन्छन्। तर स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपानमा ख्याल गर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्, सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा भने राम्रो देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा पनि सम्भावना छ। तर स्वास्थ्यमा समस्या देखिएकाले सावधानी अपनाउनुहोस्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन सामान्य रहनेछ। पठनपाठन र अध्ययनले तपाईँको उचाइ बढाउनेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। तर प्रेममा धोका पाइने सम्भावना छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनमा जोश बढ्नेछ। मानसम्मान पाइने योग छ। तर राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय भएकाले बोल्दा ख्याल गर्नुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। अरुले छायामा पार्न सक्नेछन्। तर व्यापार र वैदेशिक क्षेत्रमा लाभको योग छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो प्रभाव घट्ने संकेत छ। ठूला कार्यमा हात नहालेकै राम्रो हुन्छ। तर्कमा अघि सर्दा पराजय भोग्नुपर्ने भएकाले शान्त भएर बस्नु उपयुक्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार क्षेत्रमा राम्रो प्रगति हुनेछ। लगानीबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गाजमिनको कारोबारमा ठूलो लाभ पाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्नेछ। शरीरमा थकान महसुस हुन सक्छ, तर पारिवारिक वातावरणमा समय बिताउन सकिनेछ। विदेश वा प्रवासमा बसेर काम गर्नेहरूले राम्रो लाभ प्राप्त गर्ने सम्भावना छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो हुन्छ। तर्कमा अघि सर्दा पराजय भोग्नुपर्ने भएकाले शान्त भएर बस्नु हितकर हुनेछ।

