https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असाेज १५ गते ।

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६ कतरवा टोलमा आज बिहान भएको दुःखद घटनामा ४ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्। महोत्तरी–सर्लाहीको सिमानामा पर्ने हर्दि नदीको सर्लाहीतर्फ घर प्लास्टर गर्न माटो खन्न गएका १२ जनामध्ये अचानक ढिस्को खस्दा उनीहरू माटोमा पुरिएका हुन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनामा बतहु मन्सुरकी ६५ वर्षीया पत्नी सैदा खातुन, निसरुल शेखकी ९ वर्षीया छोरी सब्बो खातुन, अलाउदिन शेखका ९ वर्षका छोरा दिलसान शेख र नसरुल शेखकी ९ वर्षीया छोरी तबिबा (नरगिस) खातुनको ज्यान गएको हो। त्यस्तै खोदादिन मन्सुरकी २८ वर्षीया पत्नी रजिना खातुन र नसरुल शेखकी १२ वर्षीया छोरी आस्मीन खातुन घाइते भएका छन्।

घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने मृतकका शवलाई प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाका अनुसार नदी किनार भासिँदा माटो खन्न गएका उनीहरू ढिस्कोमा पुरिएका थिए।

दुःखद घटनापछि गाउँभर शोकको वातावरण छाएको छ भने प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार