सिके सिंह
गाैशाला, असोज १६ गते ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२, कान्तिबजारमा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको नयाँ भवनको आज एक विशेष समारोहका बीच औपचारिक उद्वाटन गरिएको छ।
संस्थाका अध्यक्ष हरिहर सिंहले भवनको उद्घाटन गरेका हुन्। कार्यक्रममा वडा नं. १२ का वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहा, सहकारीका पदाधिकारी, शेयर सदस्य, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
भवन सञ्चालनमा आएसँगै सहकारीको नियमित सेवा, ऋण–पैसा कारोबार तथा अन्य गतिविधि अझ व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।












