https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, असाेज १६ गते ।
नेपालले अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले हार बेहोरेको छ।

मलेसियाको बायुमास ओभलमा बिहीबार सम्पन्न खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो।

नेपालका लागि पूजा महतोले २९ बलमा ३० रन बनाइन् भने सम्झना खड्काले १८ तथा कविता जोशीले १३ रन जोडे। मलेसियाका लागि नुर डानियाले तीन विकेट लिइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले पाँच विकेटको क्षतिमा १०४ रन बनाएको थियो। कप्तान विनिफ्रेड डुरैसिङ्गमले २७, ऐना हमिजा हसिमाले २६ र मास ऐसाले २५ रनको योगदान दिए।

नेपालका बलर सुमन विष्टले दुई र रुविना क्षेत्रीले एक विकेट लिएकी थिइन्।

नेपाली महिला टोली आगामी जनवरीमा नेपालमै हुने महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि तयारी स्वरूप यो शृङ्खलामा सहभागी भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार