https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, असाेज १६ गते ।
जिला कपिलवस्तुकाे कृष्णनगर नगर पालिका-१० अन्तर्गत पर्ने झिँगहा-बकाैली हुलाकी सडक खण्डमा दुई माेटरसाइकल एकआपसमा ठाेकिँदा एक युवककाे मृत्युु भएको छ । माेटरसाइकल दुर्घटनामा परी विजयनगर गाउँपालिका-५ कटुवाका २२ वर्षीय लवकुश यादवकाे मृत्युु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा परेका अर्का कृष्णनगर नगरपालिका-१० बकाैलीका १८ वर्षीय रवी चाैरसिया गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका चाैरसियालाई उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको तर त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि चाैराहा अस्पताल बुटवलमा पठाइएको छ ।

मृतक यादव सवार लु ९५ प ९२२ नम्बरको माेटरसाइकल र घाइते चाैरसिया सवार भारतीय प्लेट युपी ५५ एक्यु ८४७४ नम्बरको माेटरसाइकल आएआपसका ठाेकिँदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए ।

आज (बिहिबार) करिब ६ बजेतिर माेटरसाइकल दुर्घटना भएको हाे । मृतक यादवकाे शव पाेष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको र दुर्घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार