https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, असोज १७ गते ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका–५, गुदरी बजारस्थित दुर्गा पूजाको अवसरमा आयोजित श्री नवरात्री महोत्सव मेलामा आज बेलुकी करिब ८ बजे ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

मेलास्थलमा राखिएको झुलाको वेल्डिङ्ग भत्किएपछि करिब सय जना यात्रु त्यसमै अड्किएका थिए। झुलामा अत्यधिक भीड भएपछि वेल्डिङ्ग भत्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

स्थानीय युवाहरू र मेलास्थलमा रहेका सर्वसाधारणले करिब डेढ घण्टा लगाएर सबैलाई सकुशल उद्धार गरेका थिए। तत्काल उद्धार कार्य गर्न सकिएकाले मानवीय क्षति हुनबाट ठूलो दुर्घटना टरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार