https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

म्याग्दी, असोज १७गते ।
नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले सञ्चालनमा आएको दुई साताभित्र नै दुई अर्ब दुई करोड ९६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। मुस्ताङ भन्सारको इतिहासमै यो अहिलेसम्मकै सबैभन्दा ठूलो राजस्व संकलन भएको हो।

भन्सार कार्यालयका अनुसार दैनिक औसत १३ करोड रुपैयाँभन्दा बढी राजस्व उठिरहेको छ। यसअघि भने यहाँ वार्षिक १०–१५ लाख रुपैयाँ बराबरको मात्र राजस्व संकलन हुने गरेको थियो। रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएपछि कोरला नाकाबाट मालसामान र विद्युतीय सवारीसाधन आयात उल्लेख्य मात्रामा बढेको बताइएको छ।

हालसम्म चीनबाट ल्याइएका १ हजार १०९ विद्युतीय सवारीमध्ये ९६५ को भन्सार प्रक्रिया पूरा भइसकेको छ। त्यस्तै, ३७५ कन्टेनर मालवस्तुको पनि जाँचपाँस गरी गन्तव्यतर्फ पठाइएको भन्सार कार्यालयले जानकारी दिएको छ।

नाकाको सञ्चालनसँगै मुस्ताङमा व्यापारिक चहलपहल समेत बढेको छ। स्थानीय युवाहरू भन्सार तथा यातायातसँग सम्बन्धित काममा संलग्न भई राम्रो आम्दानी गर्न थालेको लोमान्थाङ गाउँपालिकाका अध्यक्षले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार