https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, असाेज १७ गते ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सडक विभागअन्तर्गतका डिभिजन तथा योजना प्रमुखलाई सम्भावित वर्षाजन्य प्रकोपअघि नै जोखिम क्षेत्रमा पुगेर तयारी अवस्थामा बस्न निर्देशन दिएका छन्।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज २० गतेसम्म देशभर वर्षा हुने चेतावनी जारी गरेसँगै उनले यस्तो निर्देशन दिएका हुन्।

मन्त्री घिसिङले नागढुंगा–मुग्लिन, नारायणगढ–मुग्लिन, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने लगायतका सडकलाई बढी संवेदनशील क्षेत्रका रूपमा पहिचान गर्दै त्यहाँ तत्काल तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

‘विज्ञ र प्राधिकरणको सूचना अनुसार, भोलिसम्म डिभिजन र योजना प्रमुखहरूले आफ्ना कार्यालयका अपरेटर तथा इन्जिनियरसहित सुरक्षित रूपमा स्थानमा पुग्नु जरुरी छ,’ मन्त्री घिसिङले भनेका छन्, ‘प्रकोपपछि चाहेर पनि पुग्न नसक्ने अवस्था आउन सक्छ। त्यसैले ब्याकअप प्लानसहित तयार हुनुपर्छ।’

दसैँ बिदाको समयमा समेत घिसिङ बीपी राजमार्गको अनुगमनमा खटिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार