https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, असोज १७ गते ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

शुक्रबार नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद् उद्धार अभ्यास, उपकरण भण्डारण तथा गतिविधिहरूको अवलोकन गरे। निरीक्षणपछि आयोजित कार्यक्रममा उनले नेपाल प्रहरीले सीमित स्रोत र तालिमको कमीबीच पनि विपद् व्यवस्थापनमा गरेको योगदान प्रशंसनीय रहेको उल्लेख गरे।

गृहमन्त्री अर्यालले भने, “सम्भावित विपद्‌बाट जनधनको क्षति न्यून पार्न उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्नेगरी तयारी अवस्थामा रहनु जरुरी छ।”

कार्यक्रममा नेपाल प्रहरी कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार