काठमाडौँ : धादिङको जवाङ खोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध रहेकाले काठमाडौँतर्फ जाने सवारीसाधनलाई चितवनमै रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, रामनगर क्षेत्र हुँदै पोखरतर्फ जाने सवारीसाधनलाई मात्र सुचारु गरिएको छ भने काठमाडौँतर्फ जानेलाई अघि बढ्न दिइएको छैन।
“धादिङको जवाङ खोलामा सडक अझै अवरुद्ध रहेकाले हाललाई काठमाडौँतर्फ जाने सवारी रोकिएको हो,” प्रहरीले जनाएको छ।
लगातारको वर्षासँगै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। केही समय पहिरो पन्छाएर सञ्चालनमा ल्याइए पनि अझै जोखिम कायमै रहेको कारण सावधानी अपनाइएको जनाइएको छ।

