https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं : अविरल वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएपछि प्रहरीले नागढुंगाबाटै सवारीसाधनलाई रोकिदिएको छ।

शनिबार बिहानैदेखि नागढुंगा हुँदै पूर्व–पश्चिम गन्तव्यतर्फ जाने सवारीलाई अघि बढ्न नदिई प्रहरीको टोलीले माइकिङ गर्दै यात्रा नगर्न आग्रह गरेको हो।
“विभिन्न ठाउँमा पहिरो खसेकाले तत्कालै सडक खुलाउने अवस्था छैन। यात्रु र चालकहरूको सुरक्षा प्राथमिकता भएकाले कृपया नागढुंगाबाट अघि नबढ्नुहोस्,” प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

धादिङको वेनिघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा गएरातिदेखि निरन्तर पहिरो खसेको छ। त्यहाँ पहिरो पन्छाउने काम भइरहे पनि अविरल वर्षाले कठिनाइ बढाएको जिल्ला प्रहरी कार्यालय धादिङका नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए।
“जवाङ खोलामा पहिरो झर्ने र सफा गर्ने क्रम निरन्तर चलिरहेको छ,” उनले भने, “पानी नरोकिएकाले समस्या जटिल बन्दै गएको छ।”

पृथ्वी राजमार्गको धादिङ खण्डका अन्य ठाउँमा पनि स–साना पहिरो खसिरहेको प्रहरीको भनाइ छ। त्यसैगरी मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा पनि पहिरो खसेपछि सवारी सञ्चालन रोकिएको छ।

चितवन–धादिङ प्रशासनले भारी वर्षाको पूर्वानुमान भएको भन्दै अत्यावश्यकबाहेकका यात्रामा ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार