कपिलवस्तु : धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको नाइटबस शनिबार बिहान कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना यात्रु घाइते भएका छन्।
ना ८ ख ५७०३ नम्बरको बस सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ भने २८ जना सामान्य घाइते भएका छन्।
प्रारम्भिक अनुमान अनुसार बस सडक छेउमा पल्टिनु नै दुर्घटनाको कारण बनेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

