https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, असोज १८ गते ।

महोत्तरीको गौशालाबाट ठूलो परिमाणमा अवैध घरेलु मदिरा र कच्चा पदार्थ प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले शनिबार गौशाला नगरपालिका–८, बेलगाछीमा छापा मार्दा करिब १०० लिटर तयार घरेलु मदिरा र १,००० लिटर कच्चा पदार्थ बरामद गरेको हो ।

प्रहरी निरीक्षक रमेश लामाको नेतृत्वमा गएको टोलीले स्थानीय टिका जर्घा मगर र अर्का एक नाम नखुलेको व्यक्तिको घरमा छापा मारेको थियो। घरको आँगनमै घरेलु मदिरा उत्पादन भइरहेको अवस्थामा प्रहरीले सो मदिरा, कच्चा पदार्थसहित मदिरा बनाउन प्रयोग हुने चार सेट भाँडाकुँडा तथा अन्य सामग्री पनि नियन्त्रणमा लिएको छ।

बरामद गरिएका सामग्री इलाका प्रहरी कार्यालय गौशालामा ल्याइएको छ। निरीक्षक लामाले घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको खोजी जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार