
काठमाडौं, असोज १८ गते ।
अविरल वर्षासँगै जोखिम बढेको अवस्थामा संचार तथा सूचना प्रविधि मन्त्रालयले संचार सम्पर्क विच्छेद हुन नदिन मातहतका निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
मन्त्री जगदिश खरेलले शनिबार मन्त्रालय अन्तर्गतका निकायका पदाधिकारीहरूसँगको छलफलमा संचार अवरुद्ध भए तत्काल मर्मत संभार गरेर सेवा सुचारु राख्न निर्देशन दिएका हुन्। विपद्को बेला संचार माध्यमको भूमिका झनै महत्वपूर्ण हुने भन्दै उनले जनतालाई सचेतना र सुरक्षाबारे सन्देश प्रवाह गर्न सञ्चार संस्थालाई आग्रह गरे।
यसैगरी, संचार अवरुद्ध भएमा सम्पर्क गर्न सकिने आपतकालीन नम्बर पनि सार्वजनिक गरिएको छ। दूरसञ्चार कम्पनीको १४९८, एनसेलको ९००५, दूरसञ्चार प्राधिकरणको ९८५१०८७४३२ वा ९८४१३७६२०३, तथा मन्त्रालयको ९८४९०५३६६३ वा ९८४१५२०११५ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।