
काठमाडौं, असोज २० गते ।
ज्योतिषशास्त्रका विज्ञ डा. विवेक का अनुसार आज ग्रह–नक्षत्रको गतिले १२ राशिका जीवनमा फरक–फरक प्रभाव पार्नेछ। कसैका लागि शुभ समय रहेकाले नयाँ अवसरहरू आउनेछन् भने कतिपयका लागि सावधानी अपनाउनुपर्ने दिन रहेको बताइएको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूका आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ तर समयको सही सदुपयोग अवश्य गर्नुहोला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि भएकाहरूका लागि आज मनमा विना कामका चिन्ताले सताउनेछन् । आँपूm अपमानित हुनुपर्ने ठाउ“मा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूस“ग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ । त्यसैले सतर्क हुनु अति आवश्यक छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि भएकाहरूका लागि आज लाभका मौकाहरू उपयोग गर्न सके राम्रा छन् । कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ । घरमा नयाँ सामानहरू किन्ने र सजाउने इच्छा बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका लागि आज समय मध्यम खालको छ । सोचेजस्ता काममा सफलता नपाइने सम्भावना छ । आँखामा खराबी आउन सक्ने भएकाले स्वास्थ्यमा विशेष ध्यान दिन डा. विवेकले सुझाव दिएका छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका लागि आज स्वास्थ्यमा समस्या आउनेछ । पुराना साथीहरूसँग विवाद हुने सम्भावना छ । आम्दानीभन्दा खर्च बढी हुने भएकाले संयम अपनाउन डा. विवेकको सुझाव छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि भएकाहरूका लागि स्वास्थ्य सामान्य रहनेछ । सोचेका कामहरू पूरा भए पनि संघर्ष र झन्झट झेल्नुपर्नेछ । सक्रिय भएर काम गर्दा लाभ मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका लागि आज इज्जत, प्रतिष्ठा र पारिवारिक सहयोग प्राप्त हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति र सम्मान पाउने अवसर मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशि भएकाहरूका लागि शिक्षा, व्यापार र घर–जग्गामा लगानी लाभदायी हुने डा. विवेकको भनाइ छ । पश्चिम दिशाको यात्रा पनि शुभ रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका लागि स्वास्थ्यमा समस्या, झगडा र असहयोगको सम्भावना रहेको बताइएको छ । खानपानमा विशेष ध्यान दिनुपर्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिका लागि आज ढिलासुस्ती र मानसिक अशान्ति हुने समय हो । यात्रामा बिघ्न र स्वास्थ्यमा समस्या देखिने सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका लागि आज आर्थिक लाभको समय हो । सोचेका काम पूरा हुनेछन् तर साँझतिर चोटपटक लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउन डा. विवेकको सल्लाह छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिका लागि समय प्रतिकूल छ । आफ्नै व्यक्तिबाट बाधा र असहयोग हुने सम्भावना छ । स्वास्थ्य संवेदनशील रहेकोले सचेत रहनु उपयुक्त ठहरिन्छ ।