https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कञ्चनपुर, असाेज २० गते ।
जेन्जी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएका कैदी तथा थुनुवालाई आज साँझसम्म कारागारमा फिर्ता हुन समय सीमा निर्धारण गरिएको छ।

फरार कैदी–बन्दी खोजी तथा पक्राउ कार्यदलको आइतबार बसेको बैठकले कारागारबाट फरार रहेका पुरुष र महिला कैदी तथा थुनुवालाई आज साँझ ५ बजेभित्र फिर्ता हुन अल्टिमेटम दिएको हो। यसअघि पनि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कारागार कार्यालयले सम्पर्कमा आउन सूचना जारी गरेका थिए।

“सूचना प्रकाशनपछि केही कैदी तथा थुनुवाहरू सम्पर्कमा आएका छन्,”
कारागार कार्यालय कञ्चनपुरका निमित्त कारागार प्रशासक रामदत्त जोशीले बताए,
“तर अझै केही कैदी तथा थुनुवा सम्पर्कमा आएका छैनन्।”

उनका अनुसार तोकिएको समयभित्र नफर्कने कैदी तथा थुनुवामाथि कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन अनुसार कारबाही गरिनेछ। त्यस्तै, फरार कैदीलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने व्यक्तिलाई पनि कानुनअनुसार कसुरदार ठानी कारबाही हुने चेतावनी दिइएको छ।

कारागार प्रशासनले सम्बन्धित कैदीका परिवार, समुदाय, नागरिक संस्था र सरोकारवालालाई फरार कैदी तथा थुनुवालाई कारागारमा बुझाइ दिन आग्रह गरेको छ।

जोशीका अनुसार, गत भदौ २४ गते कञ्चनपुर कारागारबाट ४७८ जना कैदी तथा थुनुवा फरार भएका थिए। तीमध्ये ११६ जना अझै फरार रहेका छन्। केहीले स्वयं आत्मसमर्पण गरेका छन् भने केहीलाई प्रहरीले पक्राउ गरी कारागारमा बुझाइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार