काठमाडौं, असाेज २० गते ।
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हेल्थ पोष्टचोक नजिकैको पहिरोमा विङगर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । आज दुलेगौँडाबाट लालिमतर्फ जादै गरेको ग १ ज ८३१७ नम्बरको माइक्रो सडकबाट २० मिटर तल खसेको हो ।

विङ्गरमा सवार चौध महिने बच्चासहित ११ जना घाइते भएका इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको उहाँले बताउनुभयो ।

अन्य घाइतेको दुलेगौँडास्थित तनहुँ सेवा हस्पिटलमा उपचार भइरहेको छ । केही समय अगाडि सडकमा पहिरो गएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार