https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजधानी टुडे संवाददाता
जनकपुरधाम, असोज २० गते ।
भारत तमिलनाडुका शंकराचार्य जगतगुरु स्वामी नारायण तीर्थ महास्वामीले विश्वका सम्पूर्ण सनातन धर्मका आस्थाका पवित्र तीर्थस्थल जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।



मित्र राष्ट्र भारतको चेन्नई अरक्को नाम: दस महाविद्या मन्दिर तमिलनाडुबाट १० दिने धार्मिक यात्राका लागि नेपालमा आएका जगतगुरु स्वामी नारायण तीर्थ पहिलो श्री जानकी जन्मभूमि जनकपुरधाममा माता जानकीको पूजा पाठ दर्शन गरि धार्मिक यात्रा शुभारम्भ गरेका छन् ।

यसरी जगतगुरु महास्वामीले जनकपुरधामको सभ्यता दैनिक महागंगा आरती हुने पवित्र तीर्थस्थल गंगासागर र शिव मन्दिरमा पूजा पाठ गरेका छन् ।



धर्म यात्रा महासंघका प्रभारी विरेन्द्र साहको संयोजनमा जगतगुरु महास्वामीले जनकपुरधामका तीर्थ स्थलहरूमा पूजापाठ तथा दर्शन गरेका छन् ।

सो अवसरमा गंगा आरतीका सुत्रधार मधेश प्रदेश सभा सदस्य रामअशिष यादव र जानकी मन्दिरका छोटा महन्थ रामारोशन दासले जगतगुरु स्वामी नारायण तीर्थ महास्वामीलाई सम्मान गरेका छन् ।



जनकपुरधामको धार्मिक यात्रा पछि जगतगुरु स्वामी नारायण तीर्थ महास्वामीले बेलुका देवघाटमा विश्राम गर्ने कार्यक्रम रहेको कुरा जगतगुरु महास्वामीका परम शिष्य चन्द्र निरौलाले जानकारी दिए छन् । देवघाट दर्शन पश्चात काठमाडौ बाबा पशुपतिनाथ दर्शन त्यस पछि पोखरा हुँदै मुक्तिनाथ दर्शन पश्चात भारत फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट