https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, असोज २१ गते ।

गत शनिबार रातिको बाढीले सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा खण्डमा रहेको पूर्व–पश्चिम हुलाकी सडकको करिब १५० मिटर भाग बगाएपछि आवतजावत पूर्णरूपमा अवरुद्ध भएको थियो।

स्थिति सामान्य बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल आज बिहानदेखि सक्रिय भएर बाँस र पटाको अस्थायी लच्का (पुल) निर्माण गरेका छन्। प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार, यो लच्काबाट अहिले पैदल यात्री, साइकल र मोटरसाइकल सहजै ओहोरदोहोर गर्न थालेका छन्।

उनका अनुसार, चार पाङ्ग्रे सवारी साधनका लागि अस्थायी डाइभर्सन निर्माणको काम पनि सुरु गरिएको छ।

शुक्रबार रातिदेखिको अविरल वर्षापछि आएको लखन्देही खोलाको बाढीले हुलाकी सडक बगाउँदा कौडेना, गोडैता, बलरा, विष्णु, धनकौल र रामनगर क्षेत्रका बासिन्दालाई सदरमुकाम मलङ्गवा पुग्न निकै कठिनाइ भएको हो।

सडक बगाएपछि स्थानीय युवाहरूले पनि बाँस र पटाको अस्थायी लच्का बनाई पैदल, साइकल र मोटरसाइकल पार गर्न सहयोग गर्न थालेका थिए। उनीहरूले पैदल १०, साइकल २० र मोटरसाइकल १०० रुपियाँ शुल्क उठाइरहेका थिए। तर, उक्त शुल्क असुलीबारे गुनासो आएपछि स्थानीय प्रशासनले हिजो बेलुकादेखि नै रोक लगाएको सिडिओ श्रेष्ठले बताए।

उनीका अनुसार, अब सुरक्षाकर्मीहरूको सहयोगमा निःशुल्क पार गर्ने व्यवस्था मिलाइएको छ।

त्यस्तै, हुलाकी सडक आयोजना जनकपुरका प्रमुख कृष्ण महतोसहितको टोली पनि आजै स्थलमा पुगेको छ। महतोका अनुसार, छिट्टै डाइभर्सन तयार गरी सवारीसाधन चल्ने व्यवस्था मिलाइनेछ र त्यसपछि सडक पुनर्निर्माणको काम अघि बढाइनेछ। सभार : उज्यालो अभियान

प्रतिक्रिया

सम्बन्धित समाचार