https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जलेश्वर, असोज २१ गते ।

लगातार चार दिनदेखि परेको अविरल वर्षा र बाढीका कारण अवरुद्ध बनेको जलेश्वर फीडरअन्तर्गतको विद्युत आपूर्ति पुनःस्थापना गर्न नेपाल विद्युत प्राधिकरण, जलेश्वर वितरण केन्द्रले आज बिहानदेखि मर्मत कार्य तीव्र पारेको छ।

प्राधिकरणका अनुसार बाढीले फिडरलाइन र उपकरण क्षतिग्रस्त भएपछि आपूर्ति अवरुद्ध भएको हो। मर्मतका लागि मटिहानी नगरपालिकाबाट वारुण यन्त्र (पानी निकास गर्ने मेसिन) र प्राविधिक सहयोग समेत प्राप्त भइरहेको छ।

लगातारको अवरोधले प्रभावित क्षेत्रका बासिन्दाको दैनिकीमा गम्भीर असर परेको थियो । “प्राविधिक टोली अहिले पनि स्थलमै खटिएको छ। अबको दुईदेखि तीन घण्टाभित्र आपूर्ति पुनः सुरु हुने अपेक्षा गरिएको छ,” प्राधिकरणका एक अधिकारीले बताए।

स्थानीयवासीका अनुसार हरेक वर्ष बाढीका कारण यस क्षेत्रमा विद्युत अवरोध हुने गरे पनि यसपालि अवरुद्ध हुने अवधि लामो भएको छ। विद्युत सेवा बहाल भएपछि जनजीवन क्रमशः सामान्य अवस्थामा फर्कने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार