गाैशाला, असाेज २१ गते ।
महोत्तरीको गौशालामा मंगलबार कोजाग्रत पूर्णिमाको अवसरमा भक्तजनहरूले उल्लासपूर्वक देवी दुर्गाको प्रतिमा विसर्जन गरेका छन्। जयजयकार, बाजागाजा र नाचगानसहित भक्तिभावले भरिएको वातावरणमा दुर्गा माताको प्रतिमालाई पोखरीमा विसर्जन गरिएको हो।

स्थानीय परम्परा अनुसार, गौशालामा हरेक वर्ष दशमीको सट्टा कोजाग्रत पूर्णिमाको दिन दुर्गा विसर्जन गर्ने प्रथा रहँदै आएको छ। यस वर्ष पनि गौशाला बजार र निगौल चोकमा आयोजित दुर्गा पूजामा हजारौँ श्रद्धालु सहभागी भएका थिए ।

गौशालाको मूर्तिलाई रजखोरस्थित मलहनीया पोखरीमा र निगौल चौकको मूर्तिलाई निगौल ठाकुर पोखरीमा विसर्जन गरिएको आयाेजकले जानकारी दिएका छन् ।


