सर्लाही, असोज २२ गते ।
सर्लाहीको भारतीय सिमावर्ती बजार सोनबरसामा आज भएको सवारी दुर्घटनामा ज्यान गुमाएका दुवै युवकको पहिचान खुलेको छ ।
सोनबरसामा म.प्र. ०२–००८ प ९९४२ नम्बरको नेपाली मोटरसाइकललाई ट्रिपरले ठक्कर दिएपछि दुई युवकको घटनास्थलमै मृत्यु भएको थियो । मृतकहरूमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–५ पररिया निवासी तथा हाल मलंगवा नगरपालिका–१० बस्ने दिपेन्द्र राउतका १९ वर्षीय छोरा अजय राउत पटेल र उनका आफन्त भारतको परिहार खुरसाहा निवासी विनय पटेलका २० वर्षीय छोरा सचिन पटेल रहेका छन् ।
दुर्घटनापछि प्रहरीले ट्रिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

