https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/



गाैशाला, असोज २२ गते ।
अविरल वर्षासँगै आएको बाढीको पानीमा पौडी खेल्ने क्रममा महोत्तरीमा एक किशोरले ज्यान गुमाएका छन् ।

जलेश्वर नगरपालिका–६ परिक्रमा पोखरी नजिक आज दिउँसो करिब २ बजे साउजीपट्टीका १२ वर्षीय सलमान साफी बाढीले भरिएको लच्कामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। तीव्र बहावमा बगेका साफीको शव केही घण्टापछि घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टको नेतृत्वमा प्रहरी टोलीले खोजतलासी कार्य सञ्चालन गरेको थियो। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ।
लगातारको वर्षाले सडक र खेतबारी डुबानमा परेपछि स्थानीय बालबालिका बाढीको पानीमा पौडी खेल्न जाने घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ। प्रहरीले अभिभावकहरूलाई सचेत रहन र बालबालिकालाई जोखिमयुक्त क्षेत्रमा जान नदिन आग्रह गरेको छ ।

स्थानीयवासीका अनुसार लच्का क्षेत्र बाढीले खतरनाक बनेको छ भने सुरक्षाको पर्याप्त व्यवस्था नहुँदा दुर्घटनाको जोखिम झन् बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार