https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिरगंज, असाेज २३ गते ।

विश्व दृष्टि दिवस–२०८२ को अवसरमा पर्सामा प्रहरी कर्मचारीहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा र रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल वीरगंजको संयुक्त आयोजनामा बिहीबार बिहान ८ बजेबाट सुरु भएको उक्त शिविर जिल्ला प्रहरी कार्यालय पर्साको सभाहलमा सम्पन्न भएको हाे  ।

कार्यक्रममा आँखा अस्पतालका नेत्र अधिकृत कौशलकुमार कर्ण, नेत्र सहायक अधिकृत सन्तोष ठाकुर र आशा साह तथा अस्पताल व्यवस्थापन प्रकाश कुमार वर्माले सेवा प्रदान गरे । जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयमा कार्यरत १८५ जना प्रहरी कर्मचारीले आँखा परीक्षण गराएका थिए । परीक्षणका क्रममा १०२ जनालाई चश्मा वितरण गरिएको, ११३ जनालाई औषधि प्रदान गरिएको, एक जनामा मोतियाबिन्दु र एक जनामा उच्च पावर रहेको पाइएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, प्रहरी नायव उपरीक्षक किशोर लम्सालसहित प्रहरी अधिकृत तथा कर्मचारीहरूको उपस्थिति थियो। आँखा स्वास्थ्यप्रति प्रहरी सदस्यहरूमा सचेतना बढाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम दिउँसो १२:५० बजे सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार