https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, असाेज २३ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका दुई शाखा अधिकृतविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार प्रतिष्ठानमा कार्यरत शाखा अधिकृत छायाँ डी.सी. र श्रीराम चौधरीले गैरकानुनी लाभ उठाई संस्थालाई आर्थिक हानि पुर्‍याएको ठहर गर्दै बिहीबार उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

आरोपितहरूविरुद्ध बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैयाँ बराबरको बिगो कायम गरिएको आयोगले जनाएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) बमोजिम उनीहरूलाई कैद सजायसहित बिगो रकम बराबर जरिवाना माग गरिएको छ। आयोगले बिगोबापत नौ करोड चौतीस लाख छब्बीस हजार छ सय उन्नाइस रुपैयाँ असुल गर्न माग गरेको हो।

त्यसैगरी, आयोगले सोही संस्थाका तत्कालीन उपकुलपति प्रा.डा. सङ्गिता सिंह भण्डारी, तत्कालीन काउन्टर रजिष्ट्रार झन्कार लामिछाने र अन्य कर्मचारीहरूविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूलाई एमआरआई मेसिन खरिदमा कम गुणस्तरको सामान लिएर आर्थिक अनियमितता गरेको आरोप लगाइएको हो।

आयोगले केही समयअघि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा उनीहरूले गैरकानुनी लाभ लिएको र संस्थालाई आर्थिक हानि पुर्‍याएको प्रमाणित भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार