https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


अजय मिश्रा
कृष्णानगर (कपिलवस्तु), असोज २६ गते ।
कपिलवस्तुको कृष्णानगरमा आज एक विशेष समारोहबीच हाइवे ह्याकर्स ऐसी बस सेवाको औपचारिक समुद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि कृष्णानगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले रिबन काटेर बस सेवाको समुद्घाटन गरेका हुन् ।

कृष्णानगरदेखि काठमाण्डौ र काठमाण्डौदेखि कृष्णानगरबीच सञ्चालन हुने नाइट बस सेवा आजदेखि नियमित रूपमा सञ्चालनमा आउने भएको छ। बसका सञ्चालक तथा हाइवे ह्याकर्सका प्रोप्राइटर मोती उपाध्यायले यो सेवा यात्रुहरूको सुविधा र सुरक्षा लक्षित गरी सुरु गरिएको बताए ।

बस **पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.**मा दर्ता भई आजदेखि सञ्चालनमा आएको हो। सो कम्पनीका कृष्णानगरस्थित कर्मचारी निर्मल पराजुलीले जानकारी दिएका छन् कि यस नाइट बस सेवाले यात्रुलाई आरामदायी र सुरक्षित यात्रा अनुभव गराउनेछ ।



समुद्घाटन समारोहमा बोल्दै नगरप्रमुख शाहले आधुनिक सुविधासहितको बस सेवा सञ्चालन गरेकोमा सञ्चालक उपाध्यायलाई शुभकामना दिँदै भने, “चालिस सिट क्षमताको यो आधुनिक बस सेवाले यस क्षेत्रका जनतालाई काठमाण्डौ आवतजावतमा सहजता र सुविधा प्रदान गर्नेछ।

कार्यक्रममा उद्योग वाणिज्य संघ कृष्णानगरका अध्यक्ष रितेश शर्मा, जाबेद आलम खाँ, शाहिद खाँ, सशस्त्र प्रहरीका डिएसपी तुला बहादुर चौधरी, तोफेल खाँ, पिन्टु श्रीवास्तव, उपाध्यक्ष रविन्द्र गुप्ता, विभिन्न बस व्यवसायी संघका प्रतिनिधि, साथै होटल तथा पर्यटन व्यवसायी संघ कृष्णानगरका अध्यक्ष शिवा घिमिरे, शहबाज आलम खाँ, राजु धोबी लगायत स्थानीय प्रतिष्ठित व्यक्ति तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको आयोजकहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार