https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, कार्तिक ४ गते ।

इजरायल–हमास युद्धका क्रममा मृत्यु भएका कञ्चनपुरका युवा विपिन जोशीको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

जोशीको शवयात्रा मंगलबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित उनको निवासबाट महाकाली नदी किनारको भुजेला घाटतर्फ सुरु भएको हो । शवयात्रामा स्थानीय बासिन्दा, परिवारजन, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी र सर्वसाधारणको ठूलो सहभागिता रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले धार्मिक परम्परा अनुसार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने जानकारी दिएका छन् । उनका अनुसार अन्त्येष्टि अघि सशस्त्र प्रहरी बलले औपचारिक सलामी अर्पण गर्नेछ ।

अध्ययनका सिलसिलामा इजरायल पुगेका जोशी सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा बन्धक बनेका थिए। लामो समयसम्म बेपत्ता रहेका उनको अवस्था गत असोज २७ गते मात्र इजरायली अधिकारीहरूले मृत्यु पुष्टि गरेका थिए ।

इजरायलबाट सोमबार नेपाल ल्याइएको जोशीको पार्थिव शरीरलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएपछि नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी विमानस्थल ल्याइएको थियो। त्यहाँ उनलाई राजकीय सलामी अर्पण गरी परिवारलाई हस्तान्तरण गरिएको थियो ।

विपिनको अन्त्येष्टि कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बाससहित इजरायली प्रतिनिधिमण्डल पनि सहभागी छन् । राजदूत बासले जोशीको घरमा पुगेर उनका परिवारजनलाई संवेदना प्रकट गर्दै विपिनको बलिदानप्रति सम्मान व्यक्त गरेका छन् ।

जोशीको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा धार्मिक विधिअनुसार गरिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार