https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, कार्तिक ५ गते ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्यमा करिब १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ । यो वर्ष लगातार रेकर्ड तोड्दै बढिरहेको सुनको मूल्य तिहारको मध्यमा आएर ६ प्रतिशतभन्दा बढीले घटेको हो ।

‘द फाइनान्सियल टाइम्स’का अनुसार सोमबार प्रतिट्रय औंस (करिब ३२ ग्राम) सुनको मूल्य ४,३८१ अमेरिकी डलर पुगेको थियो भने मंगलबार ६.३ प्रतिशत घटेर ४,०८२ डलरमा झरेको छ। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबैभन्दा ठूलो मूल्य गिरावट हो ।

विश्लेषकहरूले यस अवस्थालाई “ढिलो आएको तर आवश्यक सुधार” भनेर व्याख्या गरेका छन् । एमकेएस पाम्पकी विश्लेषक निकी शिल्सल का अनुसार अत्यधिक खरिदका कारण सुनको मूल्य ‘पाउरोटीझैं फुलेको’ थियो र अब मूल्य वृद्धिको क्रम अन्त्यतिर पुगेको संकेत देखिएको छ ।

गत दुई महिनामै सुनको मूल्यमा २५ प्रतिशतसम्म वृद्धि भएको थियो। उनले भनिन्, “छ सातामै १,००० डलरले बढ्नुले नै मूल्य कति अस्वाभाविक रूपमा माथि पुगेको थियो भन्ने देखाउँछ।”

सुनसँगै मंगलबार चाँदी र प्लेटिनमको मूल्य पनि क्रमशः ७.४ र ५ प्रतिशतले घटेको छ ।

पछिल्ला महिनाहरूमा अमेरिकी डलरको कमजोरी, सरकारी ऋणको वृद्धि र डोनाल्ड ट्रम्पको व्यापार युद्ध जस्ता कारणले लगानीकर्ताहरूले सुनलाई सुरक्षित विकल्पका रूपमा रोज्दै आएको पाइन्छ।
त्यसका साथै, विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन किनेर भण्डारण गर्दा मूल्य अझ बढेको हो।

गत सेप्टेम्बर महिनामै सुनमा आधारित एक्सचेन्ज–ट्रेडेड फन्डहरूमा २६ अर्ब डलरको नयाँ लगानी भएको थियो। जापानदेखि अस्ट्रेलियासम्म खुद्रा ग्राहकहरू सुन किन्न झुम्मिएका थिए, जसले मूल्यलाई अझ उकासेको थियो।

तर पछिल्ला दिनमा अमेरिका–चीनबीचको व्यापार तनाव घट्ने संकेत र अमेरिकी डलरमा पुनरुत्थानको आभास देखिँदैछ, जसले मंगलबारको मूल्य गिरावटमा भूमिका खेलेको विश्लेषकहरूले जनाएका छन्।

स्ट्यान्डर्ड चार्टर्डकी विश्लेषक सुकी कूपर ले भने हालको गिरावटलाई “प्राविधिक सुधार” भन्दै दीर्घकालमा सुनमा अझै मूल्य वृद्धि सम्भव रहेको बताइन् । उनका अनुसार, “पछिल्ला दुई महिनामा सुनमा लगानी गर्नेहरूको संख्या तीव्र रूपमा बढेको छ — अहिले उनीहरूको उत्साह र सहनशीलता कति बलियो छ भन्ने परीक्षण भइरहेको छ।”

प्रतिक्रिया

सम्बन्धित समाचार