https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, कार्तिक ५ गते ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड)ले देश अहिले अहिलेसम्मकै सबैभन्दा गम्भीर संकट र अप्ठ्यारो अवस्थामा रहेको बताउनुभएको छ।

महोत्तरीको रामगोपालपुरमा बुधबार आयोजित पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दहालले भने, “देश यति ठूलो अप्ठ्यारो र संकटको स्थितिमा पहिला कहिले थिएन। पटकपटक आन्दोलन भए, तर यस्तो विध्वंस कहिल्यै भएको थिएन। सिंहदरबार, सर्वोच्च अदालत खरानी बनाइएको थिएन, धरोहरहरू जलेका थिएनन्।”

उहाँले यस्तो ठूलो विध्वंस पहिलो पटक देख्नुपरेको भन्दै संकटको समाधान खोज्न आफू जस्तोसुकै त्याग, तपस्या र बलिदान गर्न तयार रहेको स्पष्ट गर्नुभयो।

संविधान संशोधन र समयमै निर्वाचनको पक्षमा

दहालले कुनै हिचकिचाहट र दुविधा नराखी सम्पूर्ण राष्ट्र एकजुट भई घोषित मितिमै निर्वाचन गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “नयाँ प्रतिनिधिसभा हुँदै जेन–जी युवाहरू र आमजनताको असन्तुष्टि सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्छ।”

उहाँले मधेशी जनतालाई विश्वास गरेर सहयोगका लागि सधैं मधेश आउने गरेको स्मरण गर्दै भने, “माओवादी केन्द्र विभाजित भएको कठिन अवस्थामा पनि मधेश प्रदेशबाट निर्वाचित भएर दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएँ। म मधेशको ऋणी छु, हरेक अप्ठ्यारो परिस्थितिमा मधेश र मधेशी जनतामाथि भरोसा गरेर अघि बढ्ने गर्छु।”

राष्ट्रिय एकता र सहमतिको आवश्यकता

प्रचण्डले हालको राजनीतिक परिस्थितिमा राष्ट्रिय शक्तिहरूबीच सहमति र समझदारी अत्यावश्यक रहेको बताउनुभयो।
“सबैभन्दा पहिले त हाम्रो पार्टीभित्रै बलियो एकता आवश्यक छ। देशका सबै वामपन्थी र कम्युनिष्टबीच सहमति र समझदारी हुनुको विकल्प छैन,” उहाँले भन्नुभयो, “राष्ट्रको रक्षा र संकटको सामना गर्न माओवादीले नै सबैभन्दा पहिले एकताको अपिल गरेको हो।”

जेन–जी आन्दोलन र अन्तरिम सरकार

राष्ट्रपति रामचन्द्र पौडेलले सबै राजनीतिक दलका नेताहरूसँग सहमति बनाएर जेन–जी युवाहरूको भावनालाई कदर गर्दै अन्तरिम सरकार गठन गरेको उल्लेख गर्दै दहालले भने, “संविधानको रक्षा, युवाहरूको भावना र आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण गर्न माओवादी अग्रसर रहेको छ।”

उहाँले अभिभावक र युवाबीच द्वन्द्व सिर्जना गर्नु गलत भएको भन्दै जेन–जी आन्दोलनका युवासँग मिलेर माओवादीले आगामी निर्वाचनमा संयुक्त रूपमा लड्ने तयारी भइरहेको पनि खुलाउनुभयो।

“चुनाव नै समाधानको बाटो”

दहालले देशको अस्थिरता र राजनीतिक अविश्वास अन्त्य गर्न निर्वाचन नै एक मात्र विकल्प भएको दोहोर्‍याउनुभयो । “चुनाव हुन्छ र हुनै पर्छ,” उहाँले भने, “सरकार र छिमेकीहरूसँग भएको संवादमा पनि नेपालको अवस्था सहज बनाउने उपाय यही हो।”

कार्यक्रममा दहालले विभिन्न राजनीतिक दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नयाँ सदस्यहरूलाई पार्टीको झण्डा र परम्परागत गम्छा लगाएर स्वागत गर्नुभयो। कार्यक्रम भव्य, उत्साहपूर्ण र राजनीतिक चेतनाले प्रेरित वातावरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार