https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, कार्तिक ५ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिकाले नगर अस्पतालमा मातृ तथा नवजात शिशु उपचार सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । बुधबार एक विशेष समारोहका बीच उक्त ब्लकको उद्घाटन गरिएको हो ।

गाैशाला नगर प्रमुख डा. दिपेन्द्र महतोले मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तार नगरपालिकाको प्रमुख प्राथमिकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पैसा कमाउने मनसाय भएको भए मैले किन सरकारी अस्पताल खोल्थें ? मेरो उद्देश्य जनताको स्वास्थ्य सुधार गर्नु र सबैलाई सहज उपचार सेवा उपलब्ध गराउनु हो ।”

डा. महतोका अनुसार यो ब्लक सञ्चालनमा आएसँगै नगर क्षेत्रका आमाबुबा र नवजात शिशुहरूलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुनेछ । उहाँले नगर अस्पताललाई आधुनिक, जनमैत्री र विश्वासिलो स्वास्थ्य केन्द्रको रूपमा विकास गर्ने योजना अघि बढिरहेको जानकारी दिनुभयो ।

नगर प्रमुख महतोले आगामी दिनमा अस्पतालमा विशेषज्ञ चिकित्सक, आवश्यक उपकरण र सेवा विस्तारका लागि बजेटमा विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

उद्घाटन कार्यक्रममा नगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, विभिन्न संस्थाका प्रतिनिधि र स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । सहभागीहरूले मातृ तथा नवजात शिशु उपचार सेवा सञ्चालन हुनु गाैशाला नगरवासीका लागि ऐतिहासिक र राहतदायी पहल भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार