https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजधानी टुडे संवाददाता
गाैशाला, कार्तिक ६ गते ।
मैथिली संस्कृतिको संरक्षण र प्रवर्द्धनका उद्देश्यका साथ महोत्तरीको जलेश्वर नगरपालिका–५, पतैली ब्रह्म स्थान वाटिकामा पतैली सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। पतैली युवा समाजको आयोजनामा कात्तिक ८ गते हुने उक्त महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको सहभागिता रहनेछ।

आयोजक संस्थाका अध्यक्ष राजेश कुमार राई (राजु) का अनुसार महोत्सवको मुख्य उद्देश्य शुद्ध मैथिली लोकसंस्कृतिलाई जोगाउनु र समाजमा फैलँदै गएको अश्लीलता रहित स्वस्थ मनोरञ्जनमार्फत सकारात्मक सन्देश दिनु रहेको छ। गत वर्ष पनि आयोजना गरिएको यस महोत्सवले समाजमा राम्रो प्रभाव पारेको र त्यसलाई निरन्तरता दिँदै यस वर्ष कार्यक्रमलाई अझ भव्य र व्यापक बनाइने बताइएको छ। यस पटकको महोत्सवमा जनकपुरको प्रतिष्ठित संस्था मिथिला नाट्य कला परिषद् (मिनाप) सँग आबद्ध कलाकारहरूले सहभागिता जनाउनेछन्।

तिनले मैथिली गीत, संगीत र नृत्यका माध्यमबाट लोकसंस्कृति र परम्पराको संरक्षणमा योगदान दिने बताइएको छ। कार्यक्रममा लोकगायक ललित कामत, लोकगायिका जुली झा, गायक अंकित पाण्डे तथा मिथिला क्षेत्रका चर्चित हास्य कलाकार राम नारायण ठाकुरले विशेष प्रस्तुति दिनेछन्। आयोजकका अनुसार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ र दर्शकहरूको मनोरञ्जन तथा सुरक्षाका लागि विशेष व्यवस्था मिलाइएको छ।

अश्लीलता निरुत्साहित गर्ने उद्देश्यका साथ सम्पूर्ण कार्यक्रमलाई सांस्कृतिक र सन्देशमूलक बनाउन विशेष ध्यान दिइएको आयोजकको भनाइ छ। महोत्सवमा बालबालिका, युवा तथा वृद्ध सबै उमेरका दर्शकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकहरूको विश्वास छ कि यस महोत्सवले पुरानो मैथिली लोकसंस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने र सांस्कृतिक चेतना अभिवृद्धिमा टेवा पुर्‍याउनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार