https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, कार्तिक ६ गते ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीले नागरिकको सुरक्षा गर्नु नै प्रहरीको पहिलो कर्तव्य भएको बताएका छन् ।

कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघले आयोजना गरेको “एआईजी सम्मान कार्यक्रम”मा बोल्दै चतुर्वेदीले समुदायको विश्वास र सहकार्य बिना प्रभावकारी प्रहरी सेवा सम्भव नहुने बताउनुभयो ।

“नेपाल प्रहरी केवल कानूनी निकाय होइन, यो समाजको अभिन्न हिस्सा हो,” एआईजी चतुर्वेदीले भन्नुभयो, “अपराध नियन्त्रण, शान्ति–सुरक्षा र विकासको पूर्वशर्त नै प्रहरी र समुदायबीचको विश्वास हो ।”

उहाँले प्रहरी सेवामा पारदर्शिता, उत्तरदायित्व र जनमुखी दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। साथै, नेपाल प्रहरीलाई आधुनिक प्रविधि र सामुदायिक सहभागितासँग जोड्दै अघि बढाइएको उल्लेख गर्दै जनताको विश्वास नै प्रहरीको सबैभन्दा ठूलो उपलब्धि भएको बताउनुभयो।

कार्यक्रममा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तिरेश शर्माले एआईजी चतुर्वेदीलाई माला, खादा र प्रशंसापत्र अर्पण गरी सम्मान गर्नुभयो।

सो अवसरमा प्रहरी उपरीक्षक सन्तोष आचार्य, कांग्रेस नेता ब्रम्हनन्द उपाध्याय, अकिल मिया, मुक्तेश्वर मिश्र, विनय गिरी, र माओवादी केन्द्रका नेता जावेद आलम खाँको पनि उपस्थिति रहेको थियो।

समाजसेवी कुनाल प्रताप शाहले एआईजी चतुर्वेदीलाई २० किलोको मालाले स्वागत गर्नुभयो।

कार्यक्रममा कृष्णनगर नगरपालिकाको दलित समुदायबाट एमबिबिएस सकेकी डा. स्मृति हरिजनलाई पनि सम्मान गरिएको उद्योग वाणिज्य संघले जनाएको छ।

कार्यक्रमको स्वागत मन्तव्य हरि ओम तुलस्यानले, र अध्यक्षीय मन्तव्य संघका अध्यक्ष तिरेश शर्माले दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार