https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

मटिहानी, तुलसियाही र मधवापुर–रामपुर हुँदै बनेको भव्य घाट सांस्कृतिक एकताको प्रतीक

गाैशाला, कार्तिक ७ गते ।
महोत्तरी जिल्लाको मटिहानी, धनुषाको तुलसियाही र भारत बिहारको मधवापुर–रामपुर क्षेत्रमा छठ पर्व मनाउनका लागि बिगही नदी (खोला) किनारमा करिब दुई किलोमिटर लामो दूरीमा टेन्टसहित भव्य छठघाट निर्माण गरिएको छ।

आयोजक समितिका अनुसार, यो छठघाट नेपालकै सबैभन्दा लामो दूरीमा निर्माण गरिएको छठघाट हो, जसमा हजारौं श्रद्धालुहरूले सूर्य देवतालाई अर्घ्य दिने तयारी गरेका छन्।

सांस्कृतिक एकता र धार्मिक सहअस्तित्वको प्रतीकका रूपमा यो छठघाटलाई नेपाल–भारत मैत्री र सांस्कृतिक संगम स्थलका रूपमा चिनिएको छ। स्थानीयबासी, स्वयंसेवक र सुरक्षाकर्मीहरू मिलेर घाट क्षेत्रमा सरसफाइ, प्रकाश व्यवस्था र भीड नियन्त्रणका तयारीलाई अन्तिम चरणमा पु¥याएका छन्।

छठ पर्वको अवसरमा नेपाल र भारतका नागरिकहरू सीमापार आवागमन गर्दै एकैसाथ श्रद्धा र उल्लासपूर्वक पूजा–अर्चना गर्ने परम्परा छ। यो परम्पराले दुबै देशबीचको धार्मिक सम्बन्ध अझ सुदृढ बनाउँदै आएको स्थानीय अगुवाहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार