गाैशाला, कार्तिक ७ गते ।
मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा कात्तिक ११ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह, सञ्चार तथा कानून मन्त्रालय, जनकपुरधामले शुक्रबार एक सूचना जारी गर्दै प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।
प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालको बिदा सम्बन्धी सूचनाअनुसार, छठ पर्वका अवसरमा सो दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका उपसचिव गणेश नायकद्वारा हस्ताक्षरित पत्र अनुसार, “छठ पर्वको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएकाले सबै सम्बन्धित निकायलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।”


