नरेन्द्र महतो
गाैशाला : छठ पर्वमा केरा अनिवार्य पूजाको सामग्री मानिन्छ। व्रतधारीकाे ठकुवा, अर्घ्य र प्रसादमा बिना केरा छठ सम्पन्न हुँदैन। त्यसैले छठ नजिकिँदै गर्दा स्थानीय बजारमा केराको माग अत्यधिक बढेको छ ।
तर यस वर्ष गौशालाका स्थानीय व्यापारीहरू चिन्तामा परेका छन्। त्रिवेणी क्षेत्रका व्यापारीहरूले यहाँ आएर सस्तो मूल्यमा केरा बिक्री गर्न थालेपछि स्थानीय व्यापारीहरूको व्यापार ठप्प हुने अवस्थामा पुगेको छ ।
स्थानीय व्यापारीहरूका अनुसार, सामान्यतया छठमा प्रति हजारदेखि बाराश सय रुपैयाँसम्ममा केरा बिक्री हुने गर्दथ्यो, तर अहिले पाँच सयदेखि छ सय रुपैयाँमै बिक्री भइरहेको छ।

“केरा बढी दिनसम्म राख्न सकिँदैन, यो कचा पदार्थ हो। त्यसैले सस्तोमा बेच्दा वाकी रकम तिर्न गाह्रो भइरहेको छ,” एक व्यापारीले दुःखेसो पोख्दै भने।
पछिल्ला १० वर्षदेखि केरा व्यापार गर्दै आएका एक स्थानीय व्यापारीका अनुसार, “आजजस्तो स्थिति कहिल्यै देखेनँ। घाटा खाएरै बेच्नुपरेको छ।”
उता, त्रिवेणीका व्यापारीहरू भन्छन् — “हामीले २० विघा जमिनमा केरा खेती गरेका हौं। यसपालि पहिलो पटक गौशालामा १ ट्रक केरा ल्याएका छौं र बिक्री राम्रै भइरहेको छ।”

स्थानीय व्यापारीहरू भने भन्छन्, बाहिरका व्यापारीका कारण बजार मूल्य अस्थिर बनेको छ र यसले दीर्घकालीन रूपमा स्थानीय व्यापारमा असर पार्ने देखिन्छ।
छठ पर्वमा केरा अनिवार्य पूजाको सामग्री हो। तर बाहिरबाट आएको सस्तो केरा आपूर्तिले स्थानीय व्यापारीहरूलाई आर्थिक संकटमा पारेको छ।
छठ पर्वमा केरा अनिवार्य पूजाको सामग्री हो। तर बाहिरबाट आएको सस्तो केरा आपूर्तिले स्थानीय व्यापारीहरूलाई आर्थिक संकटमा पारेको छ।

