https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

विद्यार्थी हित र “Clean KUSMS, Green KUSMS” अभियानलाई प्राथमिकता दिने घोषणा

धुलिखेल, कार्तिक ७ गते ।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय चिकित्सा विज्ञान अध्ययन संस्थान (KUSMS) मा सम्पन्न विद्यार्थी कल्याण परिषद् (Student Welfare Council) को हालैको निर्वाचनमा डा. महेश यादव अध्यक्ष पदमा निर्वाचित भएका छन्।

सिरहा नगरपालिका–१८ लक्ष्मिनियाका स्थायी बासिन्दा डा. यादवले पदमा निर्वाचित भएपछि विद्यार्थी हितका विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। उनले शैक्षिक, सामाजिक, स्वास्थ्य, खेलकुद, सांस्कृतिक र वातावरणीय क्षेत्रमा सन्तुलित विकासका कार्यक्रम अघि बढाइने बताए।

उनको नेतृत्वमा “Clean KUSMS, Green KUSMS” अभियानदेखि लिएर निःशुल्क स्वास्थ्य शिविर, मानसिक स्वास्थ्य सचेतना, खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रमसम्मका योजनाहरू लागू गरिनेछ।

डा. यादवले भने, “विद्यार्थी हितका प्रत्येक कदममा पारदर्शिता, सहभागिता र सहकार्यको भावना राख्दै अघि बढ्नेछौं। KUSMS लाई शैक्षिक उत्कृष्टता र मानवीय संवेदनशीलताको आदर्श बनाउने हाम्रो प्रतिबद्धता हो।”

उनको नेतृत्वमा KUSMS विद्यार्थी कल्याण परिषद्ले विद्यार्थी जीवनमा नयाँ ऊर्जा, सहभागिता र सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार