https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, कात्तिक ८ गते ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनपछि सर्लाहीका तीनवटा स्थानीय तहको खाता तत्कालका लागि रोक्का गरिएको छ।

मन्त्रालयले मलङ्गवा नगरपालिका, विष्णु गाउँपालिका र ब्रह्मपुरी गाउँपालिकामा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृत (प्रशासक) को हस्ताक्षर नचल्ने भनी पत्र पठाएको हो। सोही निर्देशनका आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालय, कोलेनिकाले ती तीनवटै पालिकाको खाता रोक्का गरेको प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईले उज्यालो अभियानसँग बताए।

हाल मलङ्गवामा शिक्षातर्फका उपसचिव होमनाथ सुवेदी, विष्णु गाउँपालिकामा स्वास्थ्य शाखाका सन्जिव सापकोटा, र ब्रह्मपुरीमा स्वास्थ्य शाखाकै उपेन्द्र राउत निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्।

मन्त्रालयले पटक–पटक दरबन्दीअनुसारका स्थायी प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको भए पनि, ती पालिकाले नयाँ अधिकृतलाई हाजिर हुन नदिने र निमित्तकै भरमा पालिका सञ्चालन गर्ने प्रवृत्ति दोहोर्याउँदै आएका छन्।

प्रमुख कोष नियन्त्रक गुरागाईका अनुसार, ती पालिकामा अबका दिनमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरबाट कुनै पनि बजेट निकासा वा भुक्तानी गर्न नपाइने निर्देशन आएको छ।

जिल्लाका २० स्थानीय तहमध्ये हालसम्म बसबरिया गाउँपालिका मात्र बजेट निकासा गर्न बाँकी रहेको उनले जानकारी दिए। बसबरियामा चालू आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन नसकेका कारण कर्मचारी र शिक्षकहरूले साउन महिनादेखिको तलब–भत्ता पाउन सकेका छैनन्। गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय र उपाध्यक्ष सरिता कुमारीबीच बजेट बाँडफाँडमा विवाद चलिरहेको छ।

बसबरियाबाहेकका १९ पालिकाले भने तलब–भत्ताको रकम कोष नियन्त्रक कार्यालयमार्फत निकासा गरिसकेका छन्। गुरागाईका अनुसार बरहथवा नगरपालिकाले आइतबार मात्रै तलब र भत्ताको रकम निकासा गरेको हो।

उता, सरकारी कार्यालयहरू सोमबारदेखि सञ्चालनमा आए पनि छठ पर्वका कारण आजसम्मका लागि बिदा रहेका छन् । उज्यालो अभियान

प्रतिक्रिया

सम्बन्धित समाचार