गाैशाला, नेपाल टुडे/राजधानी टुडे
महोत्तरीको गौशाला बजारमा खाजा र मिठाईको मूल्य अप्रत्याशित रूपमा वृद्धि भएको छ । हाल बजारमा मिठाईको मूल्य प्रति किलो रु. ५०० सम्म पुगेको उपभोक्ताहरूको भनाइ छ ।
स्थानीय उपभोक्ता दयाराम साहका अनुसार, बजारमा सामान्य गुणस्तरका मिठाई समेत दोब्बर दरमा बिक्री भइरहेको छ। “पर्वको मौका पारेर व्यापारीहरूले मनपरी मूल्य लिइरहेका छन्, जसले उपभोक्ता ठगिएको महसुस भइरहेको छ,” उनले गुनासो गरे।
बजारमा देखिएको यो अनियन्त्रित मूल्यवृद्धिप्रति स्थानीय उपभोक्ताहरूले असन्तोष व्यक्त गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले पर्वको नाममा भइरहेको यस्तो मूल्यवृद्धि नियन्त्रण गर्न इलाका प्रशासन कार्यालय, वाणिज्य संघ र बजार अनुगमन समितिलाई तुरुन्त कारबाही गर्न आग्रह गरेका छन्।
उपभोक्ताहरूले चेतावनी दिएका छन् कि पर्वको समयमा बजार नियमनमा देखिने परम्परागत शिथिलता दोहोरिन नदिन सबै सरोकारवाला निकायहरू सक्रिय हुनुपर्नेछ।

