https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, कार्तिक १० गते ।
चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने महापर्व छठको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गर्दै व्रतालुहरूले पहिलो अर्घ्य अर्पण गरेका छन् ।

तराई–मधेसका गाउँदेखि शहरसम्मका नदी, पोखरी र तलाउहरू दुलहीझैँ सिँगारिएका थिए। व्रतालुहरू परम्परागत पहिरनमा सजिएर, फलफूल, ठकुवा–भुसवा, दुध, नरिवल र अन्य प्रसादसहित सूर्यदेवको आराधनाका लागि घाटमा पुगेका थिए। श्रद्धा, भक्ति र आस्थाका साथ महिलादेखि पुरुषसम्मले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् ।

स्थानीय समुदाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूको सहयोगमा घाटहरूमा विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो। छठ पर्वका अवसरमा घर–आँगन, सडक र घाटहरूमा उज्यालोका बीच हरितालिका गीत गुन्जिरहेका थिए ।

भोलि बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिइएपछि यो चारदिने पर्व औपचारिक रूपमा सम्पन्न हुनेछ ।

छठ पर्व तराई–मधेसमा मात्र होइन, देशका विभिन्न सहरहरूमा बसोबास गर्ने मधेसी समुदायबीच पनि समान उत्साहका साथ मनाइँदैछ। यो पर्व सूर्य भगवानप्रति कृतज्ञता व्यक्त गर्दै परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने महत्वपूर्ण धार्मिक पर्वका रूपमा मनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार